fbpx

भारतबाट आउने तरकारी र फलफुलको विषादी परिक्षण गर्न सरकार बाध्य हुदै

काठमाडौँ ।

सरकारले अब फेरी भन्सार नाकामै आयात हुने तरकारी र फलफुलको विषादी परिक्षण गरेर मात्रै नेपाल ल्याउन पाउने भएको छ ।

सर्वोच्च अदालतले आयातित तरकारी सिमाक्षेत्रमा विषादी परीक्षण गर्ने निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएपछि अब सरकार आफ्नो निर्णय स्थगित गर्न नपाउने भएको हो ।

भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेश जारी गरेको सर्वाेच्चले सोही आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएपछि विषादी परिक्षण फेरी सञ्चालन गर्न सरकार बाध्य हुने भएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले विषादी परिक्षण गरेर मात्रै फलफुल तथा तरकारी भित्राउन आदेश दिएको थियो।यसका साथै अदालतले गुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको थियो।

प्रतिक्रिया

Loading...