fbpx

कुकुर वा विरालोसंग खेले विद्यार्थीको तनाब हुन्छ कम

विराटनगर ।

अहिले विद्यार्थीहरुलाई अध्ययनको निक्कै तनाब हुन्छ । आधुनिक शिक्षाले विद्यार्थीहरुलाई प्रतिश्पर्धी बनाउदै लैजादाँ तनाबको पारो पनि उत्तिकै चढ्न थालेको छ ।

विद्यार्थीहरु अभिभावकहरुसंग झर्किने, भनेको नमान्ने जस्ता अबस्थापनि घर घरमा देखिन थालेको छ । खासमा विद्यार्थीहरुले तनाब व्यबस्थापन गर्न नसक्दा यस्तो समस्या देखिन्छ ।

विद्यार्थीहरुलाई लामो समयसम्म कक्षा, त्यसपछि परिक्षा लगायतका कुराले तनाब दिइरहेको हुन्छ । यसै विषय मध्यनजर गर्दै गरिएको शोधले भने रोचक कुरा पत्ता लगाएको छ । शोधका अनुसार विद्यार्थीहरुले यस्तो तनाब कम गर्न विरालो वा कुकुरसंग खेलेर हटाउन सक्छन् ।

दिनमा कम्तिमा १० मिनेट घरपालुवा जनावरसंग खेल्दा विद्यार्थीहरुको तनाब कम हुने शोधको निष्कर्ष छ । यस्तो गर्दा विद्यार्थीहरुको मुड फ्रेस हुन्छ । जर्नल एईआरए ओपनमा प्रकाशित अध्ययनमा विश्वका विभिन्न विश्वविद्यालयले पेट योर स्ट्रेस अवे कार्यक्रम चलाएका छन् । जहाँ विद्यार्थीहरु आएर कुकुर र विरालोसंग कुराकानी गर्ने र खेल्ने गर्छन् ।

वासिग्टन स्टेट यूनिवर्सिटीका एसोसिएट प्रोफेसर पेट्रीसिया पेंड्रीले दिनमा १० मिनेट यसरी कुकुर तथा विरालोसंग खेल्दा विद्यार्थीहरुमा महत्वपुर्ण प्रभाव पर्ने बताए । उनका अनुसार अध्ययनमा सहभागी विद्यार्थीहरुमध्ये कुकुर र विरालोसंग समय विताउनेहरुमा कार्टिसोल हर्माेन निक्कै कम पाइएको थियो ।  जुन हार्मेनले मानिसमा तनाब पैदा गर्छ ।

यो अध्ययनमा २४९ कलेजका विद्यार्थीहरुमाथी शोध गरिएको थियो । उनीहरुलाई चार समुहमा राखेर परिक्षण गर्दा कुकुर र विरालोसंग खेल्ने दिइएको थियो ।

पेंड्रीले कुकु्र र विरालोसंग १० मिनेट बिताउनेहरुमा तनाब कम हुन्छ कि हुन्न भन्ने पत्ता लगाउन यस्तो गरिएको बताए । यो अति रोमाञ्चक भएको भन्दै उनले यसरी लाभ लिन विद्यार्थीहरुलाई सुझाब पनि दिएका छन् ।

प्रतिक्रिया

4 × four =

Loading...