fbpx

सुरु भयो ‘म अघि बढ्छु’ अभियान

विराटनगर ।

प्रदेश १ सरकारले प्रदेश भरका किशोर किशोरीहरुलाई लक्षित गर्दै म अघि बढ्छु अभियान शुरु गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यार्थीलाई व्याच लगाएर अभियानको शुभारम्भ गरेका हुन् ।  मुख्यमन्त्रीले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइदिएका थिए ।

प्रदेश सरकाले प्राथमिकतामा रहेको यो कार्यक्रमले प्रदेश १ का किशोर किशोरीहरुलाई लागु औषधका विषयमा सचेतना जगाउन र सक्षम नागरिक उत्पादन गर्न भन्दै ‘म अघि बढ्छु अभियान सुरु गरेको हो ।

यसकालागि प्रदेश भरका ९ देखि १२ कक्षासम्मका सबै विद्यार्थीलाई सगरमाथा टिन्स क्लवको सदस्यता वितरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । अहिलेसम्म प्रदेशभरी १४० विद्यालयमा यो क्लब गठन गरिएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले महत्वका साथ सुरु गरेको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शेरधन राईले अभियानका कारण समाज स्वस्थ्य र सुरक्षित हुनेमा विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ‘म अघि बढ्छु’ कार्यक्रमले टिन एजर्सहरुमा सकारात्मक परिवर्तन आउने दाबी गरे । उनले समाजलाई लागूपदार्थ दुव्र्यसनीबाट मुक्त गराउने, सामाजिक अपराध रोक्ने र असल नागरिक उत्पादन गर्ने बताए ।

प्रतिक्रिया

Loading...