fbpx

ओखलढुंगामा भीरबाट लडेर युवतीको ज्यान गयो

ओखलढुंगा ।

ओखलढुंगामा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । ओखलढुंगाको चिसङखुगढी गाउँपालिका ६ की २२ वर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । उनको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।

प्रतिक्रिया

Loading...