fbpx

पैनीमा डुवेर एक बालिकाको मृत्यु , एक बेपत्ता

विराटनगर ।

मोरङको सुनबर्षी नगरपालिकामा फुपुको घर हिडेका दुई मध्ये एक बालिकाको पैनीमा डुवेर मृत्यु भएको छ । एक बेपत्ता भएकी छिन् ।

मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका ६ का राजिव तामाङकी ११ वर्षीया छोरी सृजना तामाङ र ईलामको दानाबारी ९ का कृष्ण तामाङको ८ वर्षीया छोरी प्रिति तामाङ साईकलमा फुपुको घर जाँदा पैनीमा डुवेका हुन् । डुवेर प्रितीको घटनास्थलमै मृत्यु भएको र सृजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुनवर्सी ४ सुरतमा फुपुको घर हिडेका उनीहरु फुपुको घर नजिकैको पैनीमा डुवेका थिए । प्रहरीले सृजना तामाङको खोजी कार्य भई रहेको जनाएको छ ।

प्रतिक्रिया

Loading...