fbpx

फ्रिजमा राखेको अण्डाले हाम्रो स्वाथ्यमा हुने नकारत्मक असरहरू

फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ भन्ने मान्यताले हामी खानेकुरालाई ताजा राख्नका लागि फ्रिजको प्रयोग गर्छौं । तर, हामीलाइ फ्रिजमा राखेको खानेकुराहरुले हाम्रो स्वाथ्यमा नराम्रो असर परिरहेको कुरा थाहा हुने गर्दैन ।

बजार गएको बेलामा पछि खानको लागि भनेर धेरै अण्डा किनेर फ्रिजमा राख्ने गर्छौं । अण्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अण्डा राख्ने गर्दा अण्डा धेरै दिनसम्म सुरक्षित रहला तर, फ्रिजमा अत्यधिक चिसो हुने कारणले अण्डामा भएका केही पौष्टिक तत्व नष्ट हुने गर्छन ।

फ्रिजमा राखिएका अण्डा भन्दा पनि कोठाको तापक्रममा राखिएका अण्डाहरु बढि स्वस्थकर हुने गर्छ । धेरै दिन सम्म फ्रिजमा अण्डा राख्नाले अण्डाको बोक्रामा रहेका ब्याक्टेरिया हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन जान्छ ।

फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना धेरै हुन्छ । अण्डालाई फ्रिजमा राखेर फेरि सामान्य तापक्रममा राख्दा कन्डेनसेसन प्रक्रियाबाट ग्यास लिक्वीडमा परिणत हुन्छ ।

कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न जान्छ र अण्डाभित्र ब्याक्टेरियाहरु उत्पन्न भएर हाम्रो स्वास्थ्यमा हानी पुर्याउन सक्छ । अण्डालाई फ्रिजमा राख्दा यस भित्रको तापक्रममा उतारचढाव आउने गर्दा निकै समस्या उत्पन्न हुन सक्छ ।

कोठाको तापक्रममा रहेको अण्डालाई उमाल्नका लागि राख्दा फुट्ने सम्भावना कम हुन्छ । तर, धेरै समय फ्रिजमा राखिएको अण्डा उमाल्नने गर्दा फुट्ने सम्भावना बढि हुनुका साथै यसले गर्दा अण्डाको पोषणमा असर समेत पर्ने गर्छ ।

अण्डालाई फ्रिजमा राख्दा कयौं प्रकारका संक्रमणका खतरा रहन्छ । फ्रिजमा राखिएको अण्डा छिट्टै संक्रमण हुन सक्छ । अण्डाको माथिल्लो भागमा फोहोर छ भने त्यसले फ्रिजमा राखिएका अरु सामानहरुलाई पनि संक्रमण गर्न सक्छ ।

फ्रिजमा राखिएको अण्डा जमेको हुदा यसलाई फिट्न निकै गार्हो हुन्छ । फ्रिजमा राखिएको अण्डाको रंग र स्वादमा फरक समेत पर्न गइ स्वास्थ्यलाई हानी र्पुयाउछ ।

प्रतिक्रिया

Loading...