fbpx

‘काँचुली’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर,

चलचित्र ‘काँचुली’को पहिलो गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युत्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा संगीत रहेको छ भने नित्या शिवाले गीतमा आवाज भरेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका शुभेच्छा थापा र राजन महर्जनलाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई सुशील डाँगीले छायांकन गरेका छन् भने दिलिप राईले नृत्य निर्देशन गरेका छन् । शंखर अधिकारीको निर्देशनमा तयार भएको यस फिल्ममा नव नायिका शुभेच्छा थापा, अस्मी थापा, सुवास गजुरेल, राजन महर्जन, रिजन बिशुन्खे, राजन श्रेष्ठ, असिम थापा, अन्जना ज्योती, भुमा सापकोटा, आरजे भिलेन, टेकराज शर्मा र मिलन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस फिल्ममा बास्तविक जीवनमा आधारित रहेर जसरी समय र परिस्थिति अनुरुप सर्पले आफ्नो काँचुली फेर्छ त्यसै गरि हाम्रो वरीपरि भएको मानिसले पनि रङ फेर्न वा आफु प्रतिको व्यवहार परिवर्तन सक्ने भन्ने देखाउने प्रयास गर्न खोजिएको छ । बिजी बर्माको ब्यानरमा रहेर निर्माण भएको यस फिल्ममा कला राईको प्रस्तुति रहेको छ ।

सुशील डाँगीको छायांकनमा तयार हयेको यस फिल्मका गीतहरुमा राजन महर्जनको नृत्य निर्देशन रहेको छ । फिल्मलाई यहि आउने साउन २४ गते प्रदर्शन गर्ने तय गरिएको छ । तिरुपती पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराईले फिल्मको बितरणको जिम्मा लिएका छन् ।

प्रतिक्रिया

Loading...