fbpx

सुत्दाखेरि मुखबाट र्‍याल निस्किन्छ ? यसरी गर्नुहोस् उपचार

हाम्रो मुखबाट बेला बेला र्याल निस्कनु राम्रो मानिन्छ । र्यालले हाम्रो मुखलाई भिजाएर खाना चपाउन तथा पचाउन मद्धत पुगाउछ । हामीलाई भोक लागेको बेला, केहि मिठो खानेकुरा देखेको बेला, तथा सुतेको अवस्थामा हाम्रो मुख बाट र्याल चुहिने गर्छ । धेरै जसो मानिसलाई सुतेको अवस्थामा मुखबाट र्याल चुहिने गरेको पाइन्छ

सुतेको अवस्थामा मुख आ हुन गइ मुखबाट र्याल निस्केको पनि हामीलाई थाहा हुदैन । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्याल बन्ने गर्छ । यसले गर्दा मानिसलाई नयाँ ठाउँमा गएर सुत्न निकै अप्ठ्यारो हुने गर्छ । हाम्रो शरीरमा गर्मि हुदा, कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिको इफेक्टले गर्दा हाम्रो मुख बाट धेरै र्याल चुहिन्छ ।

यस्तो समस्या हुँदा तकियामा समेत र्याल लगेर फोहर हुने गर्छ । यस समस्याको समाधान नपाएकाले मानिसहरु चिन्तित हुने गर्छन् । अमलाको धूलो बनाएर मनतातो पानीमा हालेर पिउने गर्दा रातीको समयमा र्याल चुहिने समस्या घट्दै जानुलका साथै पेटलाई पनि ठीक राखेर एसिडिटीको समस्यालाई हटाउन मद्दत गर्छ ।

रातिको खानामा नपच्ने खानेकुरा खानु हुदैन साथै, शरीरलै इफेक्ट पार्ने औषधिको पनि सेवन गर्नु स्वास्थ्यको लागि समेत हानिकारक हुने गर्छ । खाना खाएर सुत्नु अगाडी दुईतीन वोटा तुलसीको पात चपाएर अलिकति पानी पिउने गर्दा मुखबाट र्याल चुहिन पक्कै छोड्छ । सुत्नुअघि फिटकिरी पानीले मुख कुल्ला गर्दा मुखमा र्याल बन्न पाउँदैन र यसबाट मुख गनाउने समस्या पनि समाधान हुने गर्छ ।

चियामा दालचिनीको प्रयोगले पनि र्याल चुहिने समस्यालाई हटाउने गर्छ । दालचिनीको चियामा मह मिसाएर खाने गर्दा यसले अन्य स्वास्थ्य समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ ।

प्रतिक्रिया

Loading...