birat ribon

‘रियल मड्रिड विश्वको उत्कृष्ट क्लब हो’

Neuro
‘रियल मड्रिड विश्वको उत्कृष्ट क्लब हो’

एजेन्सी,
स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलोले आफू विश्वका उत्कृष्ट क्लबबाट खेलिरहेको बताएका हुन् । रियल मड्रिड टिभीले लिएको अन्तर्वार्ताका क्रममा ३१ वर्षीय मार्सेलोले रियल विश्वकै उत्कृष्ट क्लब भएको बताउँदै आफू क्लबमै रहने बताए ।

रियलले आइतबार पाँचौं दिनको ट्रेनिङ क्यानडामा सकेको थियो । र, यसैक्रममा मार्सेलोले सबैकुरा जित्नका लागि रयल मड्रिडका खेलाडी कडा मेहनतमा जुटेको बताए । उनले आउँदो सिजनका सबै ‘सिंगल ट्रफी’ जित्नका लागि रिल लागिपरेको बताए ।

cura insider

रियल मड्रिडमा आफ्नो १४औं सिजन बिताइरहेका मार्सेलोले क्लब छोड्न सक्ने धेरैले आँकलन गरेका थिए । पूर्वटिममेट तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टस जान लागेको भन्ने चर्चाका बीच ब्राजिलियन डिफन्डर मार्सेलोले आफू क्लबमै रहने बताएका छन् ।

उनले भनेका छन्, ‘हामी अहिले कडा मेहनत गरिहेका छौं । हामी यहाँ उत्कृष्ट दिनेछौं । हाम्रो उद्देश्य नै जित्नु हो । यदि, हामी बलियो भएमा मात्र हामीलाई पूर्ण सिजन जित्न सहयोग मिल्छ । हामी आफ्ना समर्थकलाई खुशी दिलाउन पनि प्रि–सिजनको तयारीमा छौं ।’

यसैगरी उनले क्लब छोड्ने विषयमा पनि मुख खोलेका छन् । उनले भनेका छन्, ‘मैले सधैँ नै भन्ने गरेको छु । म यहीँबाट मेरा सपनाहरू पूरा गर्नेछु । म यहाँ संसारकै सबैभन्दा उत्कृष्ट क्लबमा छु । यो मेरो १४औं सिजन हो । र, म अहिले पनि उस्तै छु, जतिबेला म यहाँ आएको थिएँ ।

‘हामी सधैँ एक अर्कालाई सहयोग गछौं,’ उनले भनेका छन्, ‘म सधैं सबैलाई सहयोग गर्ने प्रयास गर्छु । तर, यस कार्यमा म मात्र छैन । सर्जियो रामोस, करिम बेन्जेमा, राफा भराने र नाचो पनि यहाँ धेरै वर्षदेखि अरूलाई सहयोग गर्दै आइरहेका छन् ।’

jackson ribon