fbpx

कार्तिक २९ मा आउने भयो सौगात अभिनित फिल्म ‘माछा माछा’

काठमाडौं,
चर्चित अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’को निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र यहि कात्तिकको २९ गतेका दिन बाट रिलिज हुने पक्का भएको छ । सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा फिल्ममा मुख्य भूमिका निभाएका अभिनेता सौगातका साथ, बिजय अनोजको र माओत्से गुरुङलाई देख्न सकिन्छ ।

तीन जना गाउँले युवकहरू सहरमा आएर आफूलाई स्थापित गराउनका लागि गरेको संघर्षको कथामा यो चलचित्र आधारित रहेको छ । चलचित्रमा फिल्म गाँठोबाट डेब्यु गरेकी अभिनेत्री नम्रता श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सौगात, बिजय, माओत्से र नम्रताका साथ प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्कर लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई शिवराम श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा छायांकन गरेका छन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण भएको यस चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको संयुक्त लगानी रहेको छ । निमेष श्रेष्ठको सम्पादनमा रहेको यस फिल्ममा अनुपम शर्माले संगीत भरेका छन् ।

प्रतिक्रिया

Loading...