fbpx

अण्डाका छन् अपत्यारिला फाइदाहरू

हामीले खाने अण्डामा मानिसलाई चाहिने सबै जसो पोषक तत्व पाइन्छ । अण्डामा प्रोटिन, सेलेनियम, भिटामिन ’डी’, ’बी ६’, ’बी १२’, ’इ’ र ’के’ जिंक, आइरन, फ्याटी एसिड, क्याल्सियम, म्याग्नेसियम जस्ता खनिज पदार्थहरु पाइने गर्छ । नियमित रुपमा अण्डा खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गरेर थाइराइड हर्मोनलाई नियन्त्रण गर्छ ।

स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि अण्डा खानु आवश्यक पर्दछ । अण्डाले कोरोनरी मुटु रोग लाग्ने खतरालाई कम गर्छ । अण्डामा पाइने भिटामिन ’डी’ले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गरेर हड्डी र दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । हामीले बजारमा पाइने दुइ प्रकारको अण्डा खाने गरेका हुन्छौं ।

बजारमा खैरो र सेतो रंगको अण्डा पाइने गर्छ र हामीलाई यी दुई रंगका अण्डा मध्ये कुन अण्डाले धेरै पोषक तत्व दिएर हामीलाई स्वस्थकर राख्छ भन्ने कुरा धेरैलाई थाहा भएको हुदैन । हामीले खाने दुई रंगको अण्डा मध्ये एउटा लोकल र अर्को पोल्ट्री फार्मको अण्डा हुने गर्छ । लोकल अण्डा खैरो रंगको हुन्छ भने पोल्ट्री फार्मको अण्डा सेतो हुन्छ । पोल्ट्रीको अण्डा भन्दा पनि लोकल कुखुराको अण्डा बढी स्वस्थकर हुन्छ ।

लोकल अण्डा अलि महँगो भएपनि धेरै मानिस लोकल अण्डा खान मन पराउछन् । लोकल अण्डामा प्रोटिन, कोलेस्ट्रोल र क्यालोरीको मात्रा धेरै हुने गर्छ । एक अध्ययनका अनुसार सबै अण्डाको रंग तथा आकार पौष्टिक रूपमा एकै किसिमको हुने गर्छ । अण्डाको रंग र आकारले त्यसमा भएको पौष्टिक तत्वमा फरक नपरे पनि कुखुराले खाने अन्नले अण्डाको पौैष्टिकतामा भने असर गरेको देखिन्छ ।

अँध्यारो ठाउँमा राखिएको र सही आहार र दाना नपाउने कुखुराको अण्डामा भन्दा पनि घाम लाग्ने ठाउँमा रहेका कुखुरा र पौष्टिक आहारा खाने कुखुराको अण्डामा सबै प्रकारको पोषक तत्व पाइने हुन्छ । सबै अण्डामा एकै किसिमका भिटामिन, मिनरल, प्रोटिन र क्यालोरी पाइने हुदा अण्डाको रंगले त्यसमा भएको पौष्टिक तत्वमा कुनै पनि असर गर्ने गर्दैन ।

प्रतिक्रिया

Loading...