fbpx

फिल्म प्रदर्शनपछि आयुष्मानप्रति शिल्पाको यो ‘कस्तो माया ?’ (भिडियोसहित)

विराटनगर,
असर २७ गतेबाट प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘सानो मन’ को स्याड भर्सनको गीत सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन पछि फिल्ममा समावेश गरिएको ‘कस्तो माया…?’ बोलको गीतलाई निर्माण टिमले युत्युब मार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको यस गीतमा सुयोग सोताङ्गको शब्द तथा संगीतमा गायिका निकिता थापाको स्वर दिएकी छिन् । सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्ममा गायिकाको भूमिका निभाएकी अभिनेत्री शिल्पा मास्केले अभिनेता आयुष्मान देशराज जोशीसँग विताएका पल सम्झिएर भावुक हुँदै स्टेजमा प्रस्तुती दिँदै गरेको देख्न सकिन्छ ।

‘सानो मन’ ले हलमा सफल व्यापार गर्न नसकेपनि दर्शकबाट कलाकारको अभिनय र निर्देशकको कामको निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।फिल्मका निर्देशक सुयोग गुरुङ्गले फिल्मको सफलता भनेकै दर्शकले रुचाएको मानेका छन् । म्यूजिकल लभ स्टोरीमा आधारित भएको यस फिल्ममा आयुष्मान, शिल्पा र सक्षमका साथ गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मलाई काठमाडौं, भैरहवा, थाईल्याण्ड, हङकङ र मकाउमा छायांकन गरिएको हो । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरको सहकार्यमा निर्माण गरिएको फिल्मलाई आलोक शुक्लले छायांकन गरेका छन् भने सुयोग गुरुङ र मिलन श्रेष्ठले संयुक्त रुपमा मिलेर फिल्मलाई सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Loading...