fbpx

राजमा खाँदा अनुहार सुन्दर हुन्छ, यस्ता छन् राजमाका अन्य फाइदाहरू

राजमा, सिमी जातको गेडागुडी हो । सजिलै पाइने, स्वादिलो हुने तथा स्वास्थ्यको हिसाबले पनि राजमा मानव शरीरमा यसले एकदम फाइदा पुर्याउने गरेको हुन्छ । राजमामा पाइने आइरन तथा भिटामिन हाम्रो सम्पूर्ण शरीरलाई पुग्ने पोषण प्रदान गर्छ ।

यसमा पाइने एन्टीएजिङ तत्वले उमेरको प्रभावलाई कम गरेर अनुहारलाई लामो समयसम्म जवान राख्नुका साथै अनुहारलाई सुन्दर देखाउन मद्दत गर्छ । राजमामा ‘ग्लाइसेमिक इन्डेक्स’, फ्याट्स तथा कोलेस्ट्रोलको मात्रा निकै कम हुने गर्छ जसको सेवनले रगतमा चिनीको मात्रालाई बढ्न दिदैन ।

यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रालाई स्थिर राखे गर्छ । यसको सेवनले हाम्रो शरीरको ब्लड सुगर मात्रालाई नियन्त्रणमा ल्याएर हामीलाई उक्त रक्त चाप, मधुमेह तथा मुटु सम्बन्धि रोगहरुबाट बचाउने गर्छ ।

यसको सेवनले हाम्रो शरीरमा क्यान्सरको कोशिकालाई बढ्नबाट रोक्छ र यसमा पाइने प्रोटिनले हामीलाई क्यान्सरसित लड्न मद्दत गर्छ । सातामा तीन देखि चार पटक सम्म राजमाको सेवनले महिलामा स्तन क्यान्सरको समस्याको सम्भावना कम हुदै जान्छ ।

नियमित राजमाको सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर कब्जियत, अरुचि जस्ता सम्पूर्ण पेट सम्बन्धि समस्यालाई कम गर्छ । यसमा रहेको क्याल्सियम तथा म्यागनीजले हाम्रो हड्डी र मांसपेशीलाई मजबुत राख्न मद्दत गर्छ ।

राजमामा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ जसले हाम्रो शरीरको कोशिकाको मर्मत गर्नका लागि मद्दत गर्दछ । यसको नियमित सेवनले हाम्रो शरीरको विषाक्त हट्नुका साथै छाला चम्किलो हुदै आउछ । पिशाब सम्बन्धि समस्यामाले सताएको छ भने पनि राजमाको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Loading...