birat ribon

संसारकै उत्कृष्ट क्लब युभेन्टसमा आउन पाउँदा गर्व महसूस गरिरहेको छु : राम्से

Neuro
संसारकै उत्कृष्ट क्लब युभेन्टसमा आउन पाउँदा गर्व महसूस गरिरहेको छु : राम्से

एजेन्सी,

cura insider

वेल्सका मिडफिल्डर आरोन रामसे संसारकै उत्कृष्ट क्लब युभेन्टसमा आउन पाउँदा गर्व महसूस गरेको बताएका छन् । हालै मात्र आर्सनलबाट इटालियन च्याम्पियन क्लब युभेन्टसमा भित्रिएका उनले सोमबार पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

सिरी ‘ए’ विजेता टोली युभेन्टसले आरोन राम्सले लगाउने ८ नम्बरको जर्सी सोमबार सार्वजनिक गरेको छ । २८ वर्षीय राम्सले पत्रकार सम्मेलनमा आफू युभेन्टसमा आउन पाउँदा खुशी भएको बताएका हुन् । यसैगरी उनले युभेन्टसका प्रमुख प्रशिक्षक माउरिजयो सार्रीसँग काम गर्न पाउँदा खुशी भएको पनि बताएका छन् । चेल्सीबाट हालैमात्र इटाली आएका सार्रीसँग काम गर्न पाउँदा उत्साहित भएको पनि उल्लेख गरेका छन् ।

‘म सार्रीको प्रशिक्षणदेखि निकै नै प्रेरित छु,’ उनले भनेका छन्, ‘मैले सार्रीलाई चेल्सीबाट उत्कृष्ट सिजन बिताएको देखेको छु । उनले दुई फाइनलमध्ये एकमा जित निकालेका थिए । उनले चेल्सीलाई च्याम्पियन्स लिगका लागि पनि छनौट गराएका छन् ।’

यसैगरी उनले आफू उत्कृष्ट क्लबमा आएको बताएका छन् । उनले भनेका छन्, ‘म अहिले ठीक ठाउँमा आएको छु । जब मैले युभेन्टसले मप्रति चासो दिइरहेको थाहा पाएँ, तब मैले अस्वीकार नै गर्न सकिँन । यो एउटा उत्कृष्ट क्लब हो । र, संसारकै सबैभन्दा ठूलो क्लब हो । म यहाँ आउन पाउँदा एकदमै गर्व महसूस गरेको छु ।’

‘यहाँ मैले अवसर पाउनु एक सपना जस्तो भएको छ’, उनले थपे, ‘र, यहाँ आएपछि सबै पूरा भएको छ । मलाई थाहा छ मैले यहाँ उच्च स्तरमा खेल्नुपर्छ । र, म त्यो गर्न तयार छु ।

आर्सनलका पूर्वमिडफिल्डर राम्सेलाई युभेन्टसले जुलाई १ मा अनुबन्ध गरेको थियो । तर, उनको जर्सी भने सोमबार सार्वजनिक गरिएको हो । युभेन्टससँग ४ वर्षको लागि सम्झौता गरेका उनले ८ नम्बरको जर्सी लगाउने छन् ।

jackson ribon