fbpx

अभिनेता खगेन्द्र बलिउडका आमिर जस्तै, अवार्ड शोमा कहिले नजाने

काठमाडौं,
‘पशुपति प्रसाद’, ’धनपति’ जस्ता सफल चलचित्रका अभिनेता खगेन्द्र लामिछानेलाई बलिउडका चर्चित अभिनेता आमिर खानसंग दाज्ने गरेको पाइन्छ । स्वभाव तथा एकै प्रकारका थोरै तर सम्झनलायक फिल्ममा अभिनय गर्न रुचाउने भएकोले खगेन्द्र र आमिरलाई दाज्ने गरिन्छ । आमिरलाई धेरै जसो कार्यक्रममा सहभागी भएको देखिदैन ।

यो कुरा पनि खगेन्द्र संग मिल्न गएको छ । खगेन्द्र पनि आफ्नो चलचित्रका कार्यक्रम बाहेक अरु तथा अवार्ड कार्यक्रमहरुमा सहभागी भएको देखिदैनन । अब भने, दुबैले फिल्मको अवार्डलाई समेत बहिष्कार गरेका छन् । खगेन्द्र कहिले पनि आफैं अवार्ड कार्यक्रममा सहभागी भएर अवार्ड थाप्न गएका छैनन् ।

उनि सधैं आफ्नो धर्मपत्नीलाई अवार्ड लिन र अवार्ड कार्यक्रममा सहभागी हुन पठाउ छन् । आज सम्म खगेन्द्रले राम्रो अभिनेता तथा लेखकमा पाएको अवार्ड उनकी श्रीमती रोजिनाले लिँदै आएकी छिन् । हालै राष्ट्रपतिले प्रदान गर्ने राष्ट्रिय अवार्ड लिन समेत उनले आफ्नो श्रीमतीलाई पठाएका छन् । अवार्ड बहिष्कार गरेको भन्दै, आफूले पाएको अवार्ड लिन श्रीमतीलाई पठाउने खगेन्द्रको यस शैलीको आलोचना हुन थालेको छ ।

धेरैको प्रश्न पछि गत वर्ष एक कार्यक्रममा आफुले अवार्ड लिन नजानुको कारण खुलाउदै खगेन्द्रले आफुले कहिल्यै पनि कलाकार बन्ने नसोचेको र केवल एक लेखक बन्छु भनेर गाउँबाट काठमाडौं भित्रिएको जानी(नजानी कलाकार भएको बताएका छन् । कलाकार हुन पाउँदा निकै खुशी छु जसका लागि कुनै अवार्डको आवश्यकता नभएकाले र अवार्डले दिने खुशी आफ्नो लागि ठूलो नलाग्ने उनले बताएका छन् ।

प्रतिक्रिया

Loading...