fbpx

नानीबाबुको दाँत कसरी सुरक्षित राख्ने ?

विराटनगर ।
तपाईले दाँतको ख्याल राख्नु भयो भने मात्रै दाँतलेपनि तपाईलाई जीवनभर साथ दिन्छ । दाँतलाई स्वस्थ्य राख्न अति जरुरी छ ।

यसकोलागि तपाईले बालअबस्थादेखि नै दाँतको सुरक्षा गर्दै आउनु पर्ने हुन्छ । अब आफ्नो त जस्तो भयो भयो, सन्तानको भने दाँत सुरक्षित राख्ने जिम्मेवारी तपाईको नै हो । बालअबस्थादेखि नै दाँतलाई सुरक्षित राख्न छोराछोरीलाई विभिन्न आदत लगाउन जरुरी हुन्छ । जसले गर्दा युवा अबस्था र बृद्ध अबस्थामा दाँतसम्बन्धि रोगबाट पिडित हुनु नपरोस् ।

बच्चामा ३ महिनादेखि दाँत आउन सुरु गर्छ भने ६ वर्षको हुदाँ २० वटा दाँत आइसक्छ । केहीको छिटै दाँत झर्छ भने कसैको ढिलो । यसका साथै धेरैको बच्चा अबस्थादेखि नै केही गल्ती गर्दा दाँत खराब हुन थाल्छ । तर तपाईले केही सावधानी अपनाएमा उनीहरुको दाँत सुरक्षित बनाउन सकिन्छ ।

यसकालागि तपाईले बच्चाको दाँत निस्किनु अघिदेखि नै उनिहरुको घरी घरी गिँजा सफा गरिदिइरहनु पर्छ । गिँजा सफा गर्न सफा कपडाको प्रयोग गर्न सकिन्छ । अनी बच्चा सुतेको बेला दुध भन्दा पानी पिलाउन सकिन्छ ।
बच्चाहरुको पहिलो दुधे दाँत आउदै ब्रस गराउन पनि सकिन्छ तर यो बेला एकदमै मुलायम खालको ब्रस प्रयोग गर्न दिनु पर्छ ।

५ / ६ वटा दाँत आएपछि भने अनिवार्य रुपमा ब्रस गराउन सिकाउनु पर्छ त्यो बेला भने तपाईले कडा निगरानी गरि ब्रस गर्न लगाउनु पर्छ । बच्चाहरुलाई खेल खेलाउदै वा गित गाउन लगाउदै ब्रस गर्न लगाउदाँ अझ सहज हुन सक्छ ।
जब तपाईका सन्तान विद्यालय जाने उमेरका हुन्छन् वा जान थाल्छन् यो बेला उनीहरुले चकलेट वा क्याण्डी खाने क्रम पनि बढ्न थाल्छ ।

तर तपाईले यो बेला उनीहरुलाई मिठो खान निरुत्साहीत गर्नु पर्ने हुन्छ । बच्चलाई खाजामा स्वस्थ्य आहार पठाउनुहोस् । जसले गर्दा भोक लाग्दा जथाभावी खान नपाउन् । जसले गर्दा दाँत विग्रिन नपाओस् ।
बालबालिकाहरुलाई मिठो खाने कुरा खाएपछि पानी पिउन लगाउनु होस् ।

जसले गर्दा दाँतमा गुलियो अड्किन नपाओस् । अनि दिनमा दुई पटक ब्रस गर्न लगाउनु पर्छ । यो सबै कुरामा ध्यान दिन सके तपाईका सन्तानको दाँत जीवनभर साथ हुने छ ।

प्रतिक्रिया

Loading...