fbpx

फिटकिरीका अपत्यारिला फाइदाहरू यस्ता छन्

धेरै जसोले बच्चा हुदा बेलामा फिटकिरीलाई मिश्री सम्झेर खाको त पक्कै पनि याद छ होला । फिटकिरीलाई पानी सफा बनाउनका लागि प्रयोग गरिन्छ । तर, हामीलाई थाहा नहोला फिटकिरीको प्रयोगले स्वास्थ्य रोग तथा समस्या निको पार्न सक्छ । फिटकिरीमा पाइने म्याग्नेसियम सल्फेट हाम्रो शरीरको लागि निकै महत्त्वपूर्ण हिस्सा हो ।

म्याग्नेसियमले हाम्रो शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ । फिटकिरीमा भएको यस म्याग्नेसियमले हाम्रो जोर्नीको दुखाइमा फाइदा गर्छ भने तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा मांसपेशीलाई आनन्द प्राप्त हुन्छ र दुखेको ठाउँमा आराम मिल्छ । दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म खुट्टा डुबाउदा खुट्टा दुख्ने समस्या निको भएर जान्छ ।

म्याग्नेसियम स्ट्रेस हुन दिँदैन । त्यसैले, फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँने गर्दा हामीलाई स्ट्रेसबाट बचाउछ र हाम्रो छाला पनि स्वच्छ हुन्छ । फिटकिरी पानीले नुहाउँदा मुटु स्वस्थ रहन्छ भने हामीलाई हर्टअट्याकको खतराबाट जोगाउन समेत मद्दत गर्छ । यसरी नुहाउदा फिटकिरीमा हुने म्याग्नेसियमले शरीर भित्रको हानिकारक पदार्थलाई बाहिर निकालि दिन्छ र हामीलाई स्वास्थ्य राख्छ ।

एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा १० मिनेट लगाएर धुदा घामले डढेको ठाउँमा राहत मिल्छ । मनतातो पानीमा फिटकिरी र कन्डिसनरलाई बराबर मात्रा मिलाएर हप्तामा एकपटक कपालमा लगाएर नुहाएमा कपाल कालो र बाक्लो हुने गर्छ । कपालमा जुम्रा छ भने फिटकिरी पानीले कपाल नुहाउदा जुम्रा हराएर जान्छ ।

साथै फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ र डण्डीफोरका दागहरु हराएर जान्छ । घाउ तथा चोट लगेर रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले रगत बग्न रोकिन्छ । फिटकिरी पानीले नुहाउने गर्दा शरीरमा पसिना गन्हाउने समस्या पनि समाधान हुने गर्छ । फिटकिरी मिसिएको पानी हप्तामा तीन पटक पिउदा हाम्रो शारिरीक तथा मानसिक तनाव कम हुदै जान्छ ।

प्रतिक्रिया

Loading...