birat ribon

हरर फिल्म ’घर’ हेरेर दर्शक तर्सिने हुन् कि नचलेर निर्देशक ?

Neuro
हरर फिल्म ’घर’ हेरेर दर्शक तर्सिने हुन् कि नचलेर निर्देशक ?

काठमाडौं,
हरर जनरामा आधारित रहेको फिल्म ‘घर’ लाई अर्पण थापाले निर्देशन गरेका हुन् । साउन ३ गतेका दिन प्रदर्शन मिति तय गरिएको यस फिल्मको रिलिजका लागि केहि दिन मात्र बाँकी रहँदा फिल्मका निर्माण टिम, निर्देशक तथा कलाकारहरु सिनेमाको प्रचारमा देखिएका भने छैनन् । नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या ठूलो भएपनि नेपालमा हरर जनराका फिल्महरु आवश्यक प्रविधि र बजेटको कमी भएका कारणले निकै कम बन्ने गरिन्छ ।

cura insider

गत वर्ष प्रदर्शनमा आएको अभिनेता तथा निर्देशक अर्पण थापाले बनाएका फिल्म ‘सुनकेसरी’ हेरेपछि दर्शक हास्दै हलबाट निस्किएका थिए । आज सम्म हरर जनरामा निर्माण भएका नेपाली सिनेमा लगभग सबै फ्लप नै भएका छन् । पहिलो प्रयासमा ’सुनकेसरी’ असफल भएपनि अर्पणले अन्य निर्देशक जस्तो हार नमानिकन दोश्रो प्रयासमा पनि हरर जनरामा ’घर’ नामक सिनेमा निर्देशन गरेका छन् ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि चर्चा त चल्यो तर यस फिल्मले दर्शकलाई हल सम्म तान्न सक्ला या नसक्ला भन्ने चर्चा छै चलेको छ । यदि अर्पणको यो सिनेमा पनि फ्लप भएमा उनले आफ्नो निर्देशनमा बनेको फिल्म फ्लपको ह्याट्रिक गर्ने भएका छन् । उनको डेब्यू निर्देशनमा तयार भएको फिल्म ’मुखौटा’ पनि फ्लप भएको थियो ।

निर्देशक थापाले फेरी एकपटक धेरै नै कम निर्माण हुने र निकै कम चल्ने हरर जनराको फिल्म बनाएर जोखिम मोलिरहेका छन् । श्रीमान्(श्रीमतीले भर्खर सस्तोमा किनेको नयाँ घरमा सरेपछि भुतप्रेत संग भोगेको कथालाई फिल्ममा देखाइएको छ । फिल्ममा अर्पणको मुख्य भूमिका रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतिको भूमिका निभाएकी छिन् ।

शर्मिला पाण्डेलले निर्माण गरेको यस फिल्ममा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ । यस फिल्मले दर्शक हरुलाई हसाउला की तर्साउला वा निर्देशक अर्पणलाई नै तेस्रो पटक तर्साउला भनेर हेर्नलाई साउन ३ गतेको प्रतिक्षा गर्नु पर्ने छ ।

हरर फिल्म रुचाउने नेपाली दर्शकको ठूलो संख्या भएको हुदा ‘घर’ हेर्न हलसम्म दर्शकहरु पुग्नेमा फिल्ममा भुतको भूमिका निर्वाह गरेकी अभिनेत्री बेनिशा हमाल विश्वस्त छिन् । उनको आत्मा अभिनेत्री सुरक्षा पन्तको शरीरमा प्रवेश गरेपछि उत्पन्न हुने विभिन्न घटनाक्रममा यो फिल्म आधारित रहेको छ ।

jackson ribon