fbpx

पानीपूरीको नाम सुन्ने बित्तिकै मुखमा पानी आउँछ ? यो अवश्य पढ्नुहोस्

पानी पूरीको नाम सुन्ने बित्तिकै धेरैको मुखमा पानी आउने गरेको देखिन्छ । बिहेको पार्टीमा होस् वा सडकको छेउमा तथा अन्य पसलमा गएर पानी पूरी खानेको भिड देख्न सकिन्छ । तर, हामीलाई पानी पूरी खाने इच्छा जागेको छ र उक्त इच्छालाई पुरा गर्नु अगाडी एकपटक सोच्नु होस् । हाम्रो यो सानो इच्छा हाम्रो स्वास्थ्यको लागि हानिकारक समेत हुन सक्छ ।

मैदा, सुजि, आलू तथा अमिलो त हो नि भनेर हामीले यसको सेवन गर्दा यसले हामीलाई गर्ने नोक्सानको बारेमा हामीले अन्दाज पनि गरेका छैनौ । पानी पूरीमा प्रयोग गरिने पानीमा विभिन्न प्रकारको रङ्ग मिसाएको हुन्छ । उक्त रंगको कारणले हामीलाई क्यान्सर समेत हुने सम्भावना रहेको छ ।

विभिन्न समान संगै आर्टि्फिसियल र बासी रङ्गको प्रयोगले गर्दा यसको सेवनले हामीमा क्यान्सर जस्तो रोगलाई निमन्त्रणा दिने गर्छ । पानी पूरीमा प्रयोग गरिने आलू कुहिएको समेत हुन सक्छ । यस्तो कुहिएको आलूको सेवनले हाम्रो पेट बिग्रेर हामीलाई पेट सम्बन्धि विभिन्न रोगहरु लाग्ने सम्बह्वाना बढ्ने हुन्छ ।

साथै पानी पूरीको पानीलाई अमिलो बनाउनका लागि प्रयोग गरिने एसिडले हाम्रो घाटीमा असर गरेर हामीलाई रुघाखोकी तथा जोरोले सताउने गर्छ । साथै यसको सेवनले हाम्रो लिभरमा पनि नकारात्मक असर पार्न सक्छ ।

हेर्दा र खादा निकै मिठो हुने पानीपुरीमा धनिया, पुदिना, चटनीको स्थानमा बासी र आर्टि्फिसियल रङ्ग मिलाएको सामानको प्रयोगले गर्दा हाम्रो शरीरमा लिभरलाई असर पर्न जान्छ । पानी पूरीको पानीमा अत्यधिक नुन प्रयोग गरिएको हुन्छ जसको कारण हाम्रो ब्लड प्रेशर समेत बढ्न जान्छ ।

यस्तो समानहरु हालेको पानी पूरीको सेवनले हाम्रो शरीरको लागि धेरै हानि गर्ने हुन्छ । ब्लड प्रेशरको बिमारीले भुलेर पनि पानी पूरीको सेवन गर्नु हुदैन । धेरै जसो ठाउँमा त पानी पूरीमा प्रतिबन्ध समेत लगाइने भएको छ ।

प्रतिक्रिया

Loading...