fbpx

मोरङको गेउरिया खोलामा बेबारिसे शव फेला

विराटनगर,
मोरङको गेउरिया खोलामा बेवारीसे शव फेला परेको छ । रङगेली नगरपालिका–९ मा रहेको गेउरिया खोला किनारामा बेवारीसे शव भेटिएको हो ।

आइतबार दिउँसो साढे १ बजे तराईमूलको जस्तो देखिने अन्दाजी २८ वर्षको पुरुष व्यक्तिको शव गेउरीया खोला किनारामा फेला परेको हो । उक्त शव इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले परीक्षणको लागि रङगेली अस्पतालमा राखेको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...