fbpx

छोटो परिचयात्मक भिडियो अपलोड गरी आफ्नो नयाँ च्यानलमा स्वागत गर्दै प्रियंका

विराटनगर,
चर्चित अभिनेत्री प्रियंका कार्की आफ्नै होम प्रोडस्क्सनको निर्माण एवमं निर्देशनमा बन्दै गरेको वेब सिरिज ’जस्ट अनोदर लभ स्टोरी’को निर्माणमा व्यस्त रहेकी छिन् । प्रियंकाले निर्माण गरिरहेकी वेब सिरिजलाई आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएकी छिन् । प्रियंकाले यसको लागी आफ्नो नयाँ औपचारिक युट्युब च्यानल समेत खोलि सकेकी छिन् ।

दुई महिलाको प्रेममा आधारित रहेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’मा लेस्वियन अर्थात ती दुई महिलाको भूमिकालाई प्रियंका कार्की र पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले निर्वाह गरेका छन् । शान थापाको कथा रहेको यस वेब सिरिजमा प्रियंकाले आफै पटकथा र संवाद लेखेकी छिन् ।

साथै यस वेब सिरिजमा अभिनेता आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् । ८ वोटा एपिसोड रहने सिरिजलाई गाईजात्राको अवसर पारेर यहि साउन ३१ गतेबाट युट्युबमा रिलिज गरिने भएको छ । प्रियंकाले युत्युबमा आफ्नो नयाँ च्यानल बनाएर दर्शकलाई स्वागत गर्दै छोटो परिचयात्मक भिडियो समेत अपलोड गरेकी छिन् ।

आफ्नो काम दर्शक सामु आफ्नै जिम्मेवारीमा प्रस्तुत गर्न र दर्शकसँग सिधा साक्षात्कार गर्न सहज हुने भएकाले आफ्नो च्यानल खोलेको प्रियंकाले बताएकी छिन् । साथै, दुई युवतीहरु एक अपसमा प्रेममा छन् भने यस विषयलाई कुनै ठुलो कुरा नबनाएर उनीहरु बीचको एकअर्काको प्रेम बुझ्ने वातावरण बनाउनु पर्ने भएकोले उक्त सिरिजको निर्माण जरुरि रहेको प्रियंकाले थपिन् ।

प्रतिक्रिया

Loading...