fbpx

‘एनी प्रोब्लेम’ भन्दै ‘दि काटुर्न क्रु’ (भिडियोसहित)

विराटनगर,
‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई कार्टुन क्रुको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको उक्त गीतलाई गायक कमल रसाइली र गायिका मेलिना राईले गएका छन् भने गीतमा टेकु क्षेत्रीको शब्द र हरि लम्सालको संगीत रहेको छ ।

डान्सिङ नम्बरमा रहेको यस गीतको भिडियोलाइ चर्चित दि कार्टुन क्रुले तयार पारेका छन् । सार्वजनिक गरिएको भिडियोमा कार्टुन क्रुको टिमले प्रस्तुति दिएको देख्न सकिन्छ । सरोज अधिकारीको निर्देशनमा तयार बह्येको यस भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । गीत सार्वजनिक गर्दै निर्माण टिमले उक्त गीतको कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ ।

यहि सेप्टेम्बर ३ तारिख सम्म कभर भिडियो तयार पारेर पठाउन सकिने छ । सबैको डान्स हेरिसके पछि निर्माण टिमले नोभेम्बर १५ तारिखमा उक्त कभर भिडियोको नतिजा सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ । विजेताले दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउनुका साथै ५० हजार नगद समेत पाइने बताइएको छ ।

प्रतिक्रिया

Loading...