birat ribon

लिभरपुलको सहज जितमा मिल्नरको दुई गोल

Neuro
लिभरपुलको सहज जितमा मिल्नरको दुई गोल

विराटनगर,
इंग्लिस प्रिमियर लिगको उपविजेता टोली लिभरपुलले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । आइतबार राति भएको ब्राडफोर्ड सिटीविरुद्धको मैत्रीपूर्ण खेलमा लिभरपुलले ३–१ गोल अन्तरको सहज जित निकालेको हो ।

cura insider

प्रि–सिजनको दोस्रो खेल खेलेको लिभरपुललाई जित दिलाउन जेम्स मिल्नरले दुई तथा रिहान ब्रेस्टरले एक गोल गरे । यता, पराजित टोली ब्राडफोर्डका लागि इओइन डाइलेले एक गोल फर्काए । लिभरपुलले १३औं मिनेटदेखि नै मिल्नरको गोलमार्फत् अग्रता बनाएको थियो ।

यस्तै मिल्नरले त्यसको २ मिनेट नबित्दै दोस्रो गोल गरे । १५औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीको मौकालाई सदूपयोग गर्दै मिल्नरले गोल लगाए । यसैगरी खेलको ४१औं मिनेटमा ब्रेस्टरले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा नै ३–० ले अगाडि रह्यो ।

दास्रो हाफमो ८१औं मिनेटमा डोइलेले गोल गर्दै खेलमा फर्किने कोसिस गरे । तर, बाँकी रहेको समयमा दुवै टोलीले गोल गर्न सकेनन् । र, खेल लिभरपुलले जित्यो ।

jackson ribon