fbpx

विश्वकप क्रिकेट : न्युजिल्याण्डले दियो २४२ रनको लक्ष्य

विराटनगर ।

आईसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस जितेर इंग्ल्याण्डविरुद्ध पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ओभर खेल्दै ८ विकेटको क्षतीमा २४१ रन जोडेको हो ।

२७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्डपनि अब व्याटिङमा उत्रिएको छ । इग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ ।

लण्डनको लर्ड्स मैदानमा जारी खेलबाट एक दिवसीय विश्वकप क्रिकेटमा ४ वर्षकालागि नयाँ विजेता बन्ने होडमा रहेका दुबै टिमले आफ्ना खेलाडीमा परिवर्तन गरेका छैनन् ।

फाइनल खेलमा जसले जिते पनि इतिहास रच्ने छ । दुबै टिमले अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि चुूम्न सकेका छैनन् । यसअर्थ दुबैकालगि ऐतिहासिक रहेको छ आजको खेल ।

प्रतिक्रिया

Loading...