fbpx

बाढी पहिरामो ज्यान गुमाएका परिवारलाई दुई लाख राहत दिने प्रदेश सरकारको निर्णय

विराटनगर ।

अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ज्यान गुमाएका आफन्तलाई प्रदेश सरकारले २ लाख रुपैयाँ राहत दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।
मन्त्री परिषदको निर्णयका विषयमा जानकारी दिदै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ सरकारले प्रदेश भर अविरल बर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती दुख ब्यक्त गर्दै यस्तो निर्णय गरेको बताए ।
बाढी तथा पहिरोबाट घाइते भएकाहरुको सरकारी अस्पतालमा गर्ने र उपचारको सम्पुर्ण खर्च र नीजि अस्पतालमा उपचाररत घाइतेको बढीमा ५ ० हजार रुपैयाँसम्म सरकारले बिल भुक्तानी गर्ने प्रदेश सरकारले निर्णय समेत गरेको मन्त्री कार्कीको भनाई छ । प्रदेश सरकारले बाढी पिडितकालागि राहत, उद्धार, पुनस्थापना तथा बेपत्ताहरुको खोजीकालागि सबैसंग अपिल समेत गरेको छ ।

Loading...