fbpx

बाढी पहिराेमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत दिने

विराटनगर । बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका प्रदेश सरकारले राहत रकम उपलब्ध गराउने भएको छ । प्रदेश १ सरकारले बाढी र पहिरोमा ज्यान गुमाएका परिवारलाई एक–एक लाख राहत रकम उपलब्ध गराउने भएको हो ।

प्रदेश सरकारको नियमित विपत्त कोषमार्फत १–१ लाख रुपैयाँ राहत हस्तान्त्रण गर्न लागिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री  हिक्मत कार्कीले जानकारी दिए । बाढी र डुवानमा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था गरिने उनको भनाई छ ।

अबिरल वर्षापछि आएको बाढीका कारण प्रदेश १ मा अाइतबार साझ सम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अबिरल वर्षापछि आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको हो । बाढी र पहिरोका कारण प्रदेश १ मा ८ जना बेपत्ता भएका छन् ।

मृतक परिवारलाइ तत्काल राहत स्वरूप एक लाख प्रदान गर्ने प्रदेश सरकारले जानकारी दिएकाे छ ।

Loading...