fbpx

बाढी पहिराेः प्रदेश १ मा मृत्यु हुनेकाे संख्या १९ पुग्याे, ८ जना बेपत्ता

विराटनगर । अबिरल वर्षापछि आएको बाढीका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अबिरल वर्षापछि आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको हो । बाढी र पहिरोका कारण प्रदेश १ मा ८ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार भोजपुरमा वर्षापछिको पहिरोका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरो र बाढीका कारण ओखलढुंगामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । खोटाङमा ३ ,उदयपुर र भापामा २–२ जनाको मृत्यु भएको छ भने सुनसरी, इलाम र पाँचथरमा १–१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोरङमा तीन जना बेपत्ता

प्रहरीका अनुसार मोरङमा बाढीमा बेपत्ता हुनेको संख्या ३ पुगेको छ । मोरङको कानेपोखरी, जहदा र कटहरी गाउपालिकामा १–१ जना बाढीले बगाएर बेपत्ता भएका छन् । त्यस्तै इलाममा ३–३ जना बेपत्ता भएका छन् । झापा र सुनरसरीमा १–१ जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

nineteen − 9 =

Loading...