fbpx

पेटसम्बन्धी समस्या र शरीरमा रगतको कमी हुन नदिने किसमिसका फाइदाहरु

किसमिस एक प्रकारको ड्राइफुडको मसला हो । अंगुर सुकाएर किसमिस बनाइन्छ । किसमिस खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । मिनरलहरू, भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । सुकाउने तरिकामा फरक हुने हुदा किसमिस कालो, हरियो, सुनौलो रंगका हुन्छन् ।

त्यसैले, हरेक दिन किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । किसमिस खानाले हड्डी, जोर्नी तथा दाँत तथा गिजालाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग तथा घुँडा दुख्ने समस्याबाट राहत दिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने किसमिस खानाले हाम्रो शरीरमा ऊर्जा थपिन गई फुर्ती आउँछ ।

यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ र हामीलाई रोग लग्नबाट बचाउनुका साथै मुखको दुर्गन्धलाई टाढा राखेर हामीलाई घाँटीको संक्रमणबाट जोगाउँछ । किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले गर्दा हाम्रो पाचन प्रक्रियामा सहयोग पुर्याएर हामीलाई कब्जियत तथा विभिन्न पेट सम्बन्धि रोगहरुबाट जोगाऊछ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जनेभाएको ले किसमिसको सेवन गर्दा हाम्रो आँखा तेजिलो हुने गर्छ ।

फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइने हुनाले किसमिसको सेवनले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ । साथै, एसको सेवनले गर्दा हाम्रो स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्नुका साथै मिर्गौला र कलेजो पनि सुरक्षित रहन्छ । किसमिसमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।

किसमिसलाई सुक्खै वा रातभरि भिजाएर बिहानीपख खादा वा किसमिसलाई पानीमा हालेर २० मिनेटसम्म उमाल्ने अनि त्यो उम्लिएको पानीलाई रातभरि राखेर बिहानीपख पिउने हो भने त्यसबाट धेरै फाइदा हुन्छ । यसो गर्दा तपाईं पाचनसम्बन्धी समस्याबाट मुक्त हुनुहुन्छ र शरीरमा रगतको कमी हुन पाउँदैन । यसको पानी मात्र पिउदा शरिरमा रगतको मात्रा बढ्छ जसले हामीलाई रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

Loading...