fbpx

ग्याष्ट्रिकले सताएको छ ? यी छ विषयमा ध्यान दिनुहोस्

ग्याष्ट्रिक प्रायः मानिसलाई हुने सामान्य प्रकृतिको स्वास्थ्य समस्या हो । ग्याष्ट्रिक सामान्य रोग भएपनि ग्याष्ट्रिकका असरहरु भने धेरै छन् । बेलैमा सचेत नभए ग्याष्ट्रिकका कारण अन्य रोग लाग्न सक्छ । ग्याष्ट्रिक भएका व्यक्तिहरुका लागि सावधानी अपनाउनु पर्ने केही विषय यहाँ चर्चा गरिएको छ ।

पानी पिउनेः ग्याष्ट्रिक भएका व्यक्तिहरुले नियमित पानी पिउँदा केही राहत मिल्छ । पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । नियमित पानी पिदा शरीरमा पानीको सन्तुलन पनि मिल्छ । तर, पानीको नाममा कोक, फेन्टाजस्ता पेय पदर्थाले ग्यासलाई बढाएर स्वास्थ्यमा समस्या ल्याउँछ ।

कागतीः ग्याष्ट्रिक भएकाहरुलाई कागती पानी पनि ओखती हो । पेटमा ग्यास भएको अवस्थामा कागती पानी पिउनाले ग्यास हटाउने काम गर्छ । खाली पेटमा कागती पानी खाने बानीले पेटमा ग्यास जम्मा हुन पाउँदैन् ।

लसुन पानी ः ग्याष्ट्रिक भएका व्यक्तिले बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग सेवन गर्दा पनि ग्यास्ष्रिक नियन्त्रण गर्न मद्दत गर्छ । लसुन उच्च रक्तचाप भएकाहरूकालागि पनि फाइदा जनक छ ।

खानाको समयः ग्याष्ट्रिक भएका मासिनले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा केही न केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा ग्यास भनिरे हुनाले नियमित खाना खान उपयुक्त हुन्छ ।

कार्बोहाइड्रेट युक्त खानेकुरा नखानेः पेटमा ग्यास भएको अवस्थामा कार्बाेहाइडेट युक्त खानेकुरा खान हुँदैन् । बियर, वाइन, मकै, राजमा, प्याजजस्ता खानेकुराले पेटमा ग्यास बढाउन मद्दत गर्छ ।

दूध नपिउनेः ग्यास्ट्रिक भएका व्यक्तिहरुले दूधबाट टाढै बस्दा राम्रो हुन्छ । ग्यास भएको अवस्थामा दूध पचाउन गाह्रो पर्ने भएकाले दूध नखान उपुक्त हुन्छ ।

प्रतिक्रिया

Loading...