fbpx

खोलाले बगाएर बेपत्ता भएकामध्ये थप १ को मृत्यु

पाँचथर,
पाँचथरमा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । विद्यालय हिँडेका मिक्लाजुङ गाँउपालिका ४ का ९ वर्षीय दिवन राईको शव दुई दिनपछि आइतबार फेला परेको प्रहरीले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाऊँपालिका ४ का लोकबहादुर राईका ९ वर्षीय छोरा दिवन राई खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए । २७ गते बिहान घरबाट विद्यालय हिँडेका उनी छेउमै रहेको नुवा खोला तर्ने क्रममा खोलामा बगेका हुन् ।

बालक राईको खोजतलासका क्रममा आइतबार दिउँसो ५ किलोमिटरको दूरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

six + nine =

Loading...