fbpx

हाजार्डलाई रियलमा २३ नम्बर जर्सी

एजेन्सी,

हालै मात्र इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड आएका इडेन हाजार्डले २३ नम्बर जर्सी लगाएर खेल्ने भएका छन् । २८ वर्षीय बेल्जियन स्टार हाजार्डले रियलका लागि २३ नम्बरको जर्सी लगाउने अन्तरर्नष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

स्पेनिस मिडिया मार्काका अनुसार चेल्सीमा १० नम्बरको जर्सी लगाएका हाजार्डले २३ नम्बर जर्सी लगाउने पक्का भएको हो । रियलमा १० नम्बरको जर्सी लुका मोड्रिचले लगाइरहेका कारण उनले २३ नम्बरको जर्सी लगाउनु परेको हो ।

यसअघि हाजार्डले ७ नम्बरको जर्सी लगाउने चर्चा चलेको थियो । रियलमा छँदा पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले लगाउने जर्सी हाजार्डले लगाउने भन्ने चर्चा थियो । तर, उनले सन् २०१९–२० को सिजनमा २३ नम्बरको जर्सी लगाएर देखिने छन् ।

चेल्सीबाट महंगो मूल्यमा रियल आएका हाजार्डले हाजार्डले गत सोमबार बिहानदेखि प्रि–सिजनको अभ्यास थालेका छन् । पाँच वर्षका लागि क्लबसँग सम्भौता गरेका उनी एकसय १३ मिलियन यूरोमा रियल भित्रिएका हुन् ।

उनको ‘इन्ट्री’पछि अब यस सिजन क्लबले उत्कृष्ट खेल्ने अपेक्षा रियलले लिएको छ । रियलको अघिल्लो सिजन भने खराब बितेको थियो ।

प्रतिक्रिया

11 − 4 =

Loading...