fbpx

हरिवंश आचार्यलाई अझै पनि ‘बुढो हुन मन छैन’ (भिडियोसहित)

विराटनगर,

हाँस्य कलाकार हरिवंश आचार्यले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘बुढो हुन मन छैन’ बोल भएको यस गीतको भिडियोलाई मह सञ्चारको युट्युब च्यानल मार्फत शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतमा शब्द तथा स्वर हरिवंश आफैको रहेको छ भने उक्त भिडियोमा हरिवंश स्वयम् र नरेन्द्र कंशाकारलाई देख्न सकिन्छ ।

बृद्ध समयको अनुभूति समेटिएको यस गीतलाई हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् । सार्वजनिक गरिएको गीतमा जवानीका दिनहरूका रमाइला पलहरूको मिठो सम्झना र तितो यथार्थका साथमा बुढेसकाल लागेपछि आम बृद्धबृद्धाले भोग्नु पर्ने समस्यालाई समेटिएको छ ।

उमेरले ६० कटिसकेका हरिवंशमा न काममा थकान देखिन्छ, न उनमा काम गर्ने उत्साह घटेको देखिन्छ, न त बुढ्यौलीको आभास भएको देखिन्छ र उनि अझै आफुलाई बुढो हुन मन नलागेको बताउछन् । उक्त भिडियोलाई सुदन केसीले निर्देशन गरेका छन् ।

दीर्घ गुरुङले छायांकन गरेको यस भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

Loading...