fbpx

हृदयघात हुनुभन्दा अघि शरीरले दिने संकेतहरू यस्ता छन्

हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन थालेको छ । अस्वस्थ्य खानपान, ब्यस्त जीवनशैली, अनिन्द्रा, योगको कमिका कारणले मानिसहरु छिट्टै रोगबाट ग्रसित भएको पाइन्छ । बूढाबूढीलाई मात्र नभएर यौवनावस्थामा समेत मानिसहरु यसको शिकार हुने गरेको पाइन्छ । हृदयघात हुनुभन्दा एक महिना पहिले नै यसको लक्षण देखिन शुरु हुने गर्छ ।

हुन त सबैलाई मानिसको शरीर एक जसो हुदैन र हरेक शरीर संगसंगै देखापर्ने संकेतले पनि विभिन्न रोगहरुको लक्षण देखाउने गर्छ । दिनभरिको थकान तथा कामले लगातार तनाव, चिन्ता तथा डर महसूस भएर आत्तिने जस्तो लक्षण देखा परेमा ढुकढुकी तीव्र गतिमा दौडिरहेने हुन्छ । यसरी ढुकढुकी तीव्र गतिमा दौडिने क्रममा हाम्रो फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन नपुग्ने हुदा मुटुको धमनीमा रक्तसंचारमा अवरुद्ध भएर हामीलाई सास फेर्न गार्हो हुने गर्छ ।

सास फेर्न गाह्रो भयो भने पनि यो हृदयघातको लक्षण हुन सक्छ । यस्तो समस्या महिलाहरूमा बढी देखिने गरिन्छ । छाती बाँउडियो भने वा मुटु, हात, ढाड, तथा शरीरका अन्य भागमा पीडा भयो भने यो हृदयघातको संकेत हुन सक्छ । रक्तसंचारमा अवरुद्ध भएको कारणले मुटुले शरीरका अन्य अंगमा रगत पुर्याउन समस्या आएमा हाम्रो शरीरका नसाहरु फुल्ने गर्छन ।

हाम्रो पाचन प्रक्रियासँग जोडिएका समस्या तथा पेट संम्बन्धी भएको समस्याहरुले पनि हृदयघातलाई निम्त्याउन सक्छ । हामीलाई कहिले कहिँ कमजोरी, शरीरमा शक्ति नभएको तथा थकान महसुस हुने गर्छ । धेरै काम गर्नेलाई थकान हुनु स्वाभाविक हो तर, सानो सानो काम गर्दा पनि छिट्टै थकान लाग्ने हुन्छ भने यो हृदयघात हुने संकेत हुन सक्छ । मुटुले पर्याप्त रगत नपाएको वा मुटुमा दवाव परेको कारणले गर्दा पनि हृदयघातको जोखिम बढ्न जान्छ ।

कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो तर, केहि काम नगरी पसिना आयो भने यो हृदयघातको लक्षण हुन सक्छ । दिमागमा पर्याप्त अक्सिजनको मात्राको कमिले गर्दा पनि हामीलाई धेरै पसिना आउने गर्छ । यस्ता संकेतहरु बारम्बार देखिरहेका छन् भने हामीले यसलाई बेवास्ता गर्नु हुदैन र छिट्टै चिकित्सकलाई देखाउनु जरुरि हुन्छ ।

प्रतिक्रिया

Loading...