birat ribon

‘ज्योतिष हिरो’ हरिहर, कबीर सिंह’ को नेपाली रिमेकबारे यसो भन्छन्

Neuro
‘ज्योतिष हिरो’ हरिहर, कबीर सिंह’ को नेपाली रिमेकबारे यसो भन्छन्

विराटनगर,
नेपालमा पनि तलेगु चलचित्रको आधिकारिक रुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा चलचित्र निर्माण हुने भएको छ । साउथ फिल्म ’अर्जुन रेड्डी’ निर्माण गरेको कम्पनी ‘भद्रकाली पिक्चर्स’ सँग नेपाली कम्पनीले उक्त फिल्मको कपि राइट्स खरिद गरि सकेको खवर बाहिरिएको छ । तर, कुन कम्पनी मार्फत् अधिकार खरिद गर्ने प्रयास भएको र यस फिल्मको औपचारिक घोषणा पनि गरिएको छैन ।

१० लाख भारुमा साउथ फिल्मको रिमेक अधिकार किनेको नेपाली कम्पनिले केही दिनमा ’अर्जुन रेड्डी’ को नेपाली रिमेकको आधिकारिक रुपमा घोषणा गर्ने तयारी समेत गरिरहेको छ । ’अर्जुन रेड्डी’ मा विजय देवराकोन्डाको अभिनय रहेको थियो । यस चलचित्रको नेपाली रिमेकमा चलचित्र ’शुभ लब’बाट सिनेक्षेत्रमा डेब्यु गरेका युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले अभिनय गर्ने जनाइएको छ ।

cura insider

साउथ इन्डियन चलचित्र अर्जुन रेड्डी को आधिकारिक कपि राइट लिएर बलिउडका चर्चित अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’को निर्माण गरिएको थियो । बलिउड रिमेक ’कबिर सिंह’ फिल्मले प्रदर्शन भए देखि नै बक्स अफिसमा तहल्का मचाई रहेको छ भने ’कबिर सिंह’ शाहिदको फिल्मी करियरको सब भन्दा ठुलो फिल्म बन्न सफल भएको छ ।

तलेगु फिल्म ’अर्जुन रेड्डी’ र हिन्दी ’कबिर सिंह’ पुरै सेम नभएको र यी दुइको क्लाइमेक्समा केही परिवर्तन गरिएको थियो । त्यस्तै, नेपाली रिमेकमा पनि केही परिर्वतन गरिने कुरा भएको छ । भारतबाट निर्माताहरु आएपछि मात्र ’कबिर सिंह’को नेपाली रिमेकको अफिसियल घोषणा हुने र आफुलाई फिल्मको अफर आएको खुलाउदै फिल्म राम्रो निर्माण हुन्छ भने आफुले अभिनय गर्ने भनेर ज्योतिस हिरो हरिहरले बताएका छन् ।

रियल लाइफमा ज्योतिष पेशा अँगालेका हरिहरले ’शुभ लब’बाट फिल्ममा डेब्यु गरेका थिए र उक्त फिल्ममा पनि ज्योतिषको रोल गर्ने मौका पाएकोले गर्दा ’शुभ लभ’मा अभिनय गरेको बताएका छन् । सुरुमा उनले आफुले नेगेटिभ रोलमा काम गरे भने चिना देखाउन आउने मान्छेहरु माथि नराम्रो प्रभाव पर्छ भनेर सोचेकोले आफ्नो भूमिकालाई ध्यान दिएर चुनेको बताए ।

तर, सबैले उनलाई विश्वास गर्न थालेको भएर अब उनलाई फिल्ममा गरेको कुनै पनि भूमिका चाहे त्यो नकारात्मक भूमिका नै किन नहोस त्यसले, उनको ज्योतिष पेशामा केही असर गर्दैन भनेर उनि बिस्वस्त छन् । यस फिल्ममा धेरै इन्टिमेट सिनको तथा मदिरा सेवन गरेको दृश्यहरु समावेश भए पनि अहिले त्यो समान्य हो भन्दै फिल्मलाई फिल्म जस्तै र रियालिटीलाई रियालिटी जस्तै बुझ्न हरिहरले आग्रह गरेका छन् ।

यस फिल्मका लागि हरिहर केही दिनयता हराएर जिममा पसिना बगाएर बडी बनाउनुका साथै कपाल र दाह्री पनि बढाइरहेका छन् । अर्को महिनातिर पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको आधिकारिक घोषणा गरिने भएको छ । ’अर्जुन रेड्डी’ले विजय र ’कविर सिंह’ले शाहिदको फिल्मी करियर चम्काए जस्तै नेपाली रिमेकले पनि हरिरारको फिल्मी करिअरलाई उचाईमा र्पयाउने देखिन्छ ।

jackson ribon