fbpx

नेपाली फोटोग्राफर रोहन श्रेष्ठसँग लगन गाँठो कस्दै श्रद्धा कपूर

विराटनगर,

बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर आफ्नो फोटोग्राफर रोहन श्रेष्ठसंग प्रेममा रहेको खवर सार्वजनिक भएको छ । केही भारतीय मिडियाले यस कुरालाई सार्वजनिक गरेपनि आफ्नो व्यक्तिगत जीवनका धेरै कुरा लुकाउन सफल भएकी श्रद्धाले आफु फोटोग्राफर रोहन श्रेष्ठसंग रिलेशनमा नभएको केहि समय देखि दावी गर्दै आएकी छिन् । भारतीय मिडियाका अनुसार श्रद्धा र रोहन आउदो वर्ष सन् २०२०को सुरुमै विवाह गर्ने तयारीमा रहेका छन् ।

आमा शिवांगी कपुर अहिले छोरी श्रद्धाको विवाहको तयारीमा जुटेका छन् भने र पिता शक्ति कपुरले यदि बिहे हो भने मलाई पनि निम्तो आउनु पर्ने भन्दै प्रक्रिया जनाएका छन् । श्रद्धा अहिले आफ्नो करियरमा ब्यस्त भएको र आफुले रोजेकी केटा संग विवाह गर्दा पनि केहि पनि आपति नरहेको श्रद्धाका पिता शक्ति कपुरले बताएका छन् । श्रद्धा र रोहन हाल दुई वर्ष देखि प्रेममा रहेका छन् । र, यी दुई अहिले छुट्टि मनाउनका लागि तर्किस्तान गएका छन् ।

यस अगाडी श्रद्धाको नाम अभिनेता आदित्य रोय कपुर र फरहान अख्तर संग जोडिएको थियो । श्रद्धा अहिले आफ्नो नयाँ फिल्म ’साहो’ को प्रमोसनमा ब्यस्त रहेकी छिन् । प्रभासको मुख्य भूमिका रहेको एक्सन थ्रिलरमा आधारित फिल्म ‘साहो’ यहि साउन ३० गते प्रदर्शनमा आउने भएको छ । यस संगै, श्रद्धा वरुण धवन संग ’इसट्रीट डान्सर’ र टाइगर श्रफ संग ’बाघी ३’ को छायांकनमा ब्यस्त रहेकी छिन् ।

प्रतिक्रिया

Loading...