birat ribon

२०६ औँ भानु जयन्ती विश्वभर मनाइदै

Neuro
२०६ औँ भानु जयन्ती विश्वभर मनाइदै

काठमाडौं ।

cura insider

नेपालीभाषीहरुलाई एकताको सुत्रमा बाँध्न सफल आदीकवि भानुभक्त आचार्यको २०६ औँ जन्मदिन आज विश्वभर नेपालीभाषीले विविध कार्याक्रम गर्दै मनाइरहेका  छन्।

नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्डमा नेपालीभाषीहरु विशेषरुपमा भानुभक्तका कृतिालाई सम्झाना गर्दै मनाउदै आएका छन् । भारत भानु जयन्तीलाई परम्परागत पर्व दशैंभन्दा बढी महत्व दिएको देखिन्छ । भानु जयन्ती जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार पनि भएका छन् ।

१ सय ५ देशमा भानु जयन्ती मनाउने क्रम शुरु भएको तथ्यांकहरु आइरहेको यो अबस्थामा नेपालमा भानु जयन्ती मनाउनकै लागि विभिन्न देशका नेपालीहरुलाई भानु प्रतिष्ठानले नेपाल निम्त्याएको छ ।

संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा छन्दमा अनुवाद गरेका भानुको योगदानकै कारण नेपाली भाषाले साहित्यमा ठाँउ पाएको हो ।

jackson ribon