विराटनगर । बिहिवारयता परेको अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा १५ जनाको ज्यान गएको छ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण १४ जिल्ला रहेकाे प्रदेश १ मा १५ जनाको मृत्यु भएको हो । बाढीका कारण बेपत्ता हुनेको संख्या ६ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा–३ जना, झापामा–२ जना, ओलढुंगामा–३ जनाको मृत्यु भएको छ । त्यस्तै भोजपुरमा– ५ जना , इलाममा–१ जना र सुनसरीमा १ जना गरी प्रदेश १ का ६ जिल्लामा बाढीबाट मृत्यु हुनेको संख्ष १५ पुगेको छ ।
प्रहरीका अनुसार मोरङमा ३ जना , पाँचथरमा १ जना , झापामा १ र सुनसरीमा १ जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगा मोलुङ गाउँपालिका–७ पात्ले बस्ने ४० वर्षीया खपुटी शेर्पा र निजको छोरी १२ बर्षीया याङजी शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ । शनिवार बिहान ११ बजे घर माथिबाट पहिरो खसि पुरिएर बेपत्ता भएका दुबै जनाको खोजतलासका क्रममा अपरान्ह २ बजे शव फेला परेको थियो ।
भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राईको पुरिएर मृत्यु भएको छ । शनिवार बिहान आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएकी राईको खोजतलास गर्ने क्रममा ४ बजे शव फेला परेको थियो ।
झापा शिवसताक्षी नगरपालिका–५ सालमारामा रहेको बनियानी खोलाले बगाउँदा ९ बर्षीय सौगात चापागाईको मृत्यु भएको छ । शनिवार फुपुको छोरी समिक्षा पौडेल सँग खोला छेउमा खेल्ने क्रममा चिप्लिएर खोलामा पसेका थिए । खोजतलाको क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्युहुनेको नामावली
- भोजपुर रामप्रसाद राई गाउँपालिका– ७ का ६६ वर्षिय जगतबहादुर राई
- भोजपुर ट्याम्केमयुम गाउँपालिका ९ बस्ने बर्ष १४ को जनक बि.क
- ओखलढुङगाको चिसुङखुगडी गाउँपालिका ४ बस्ने बर्ष ८५ की पासाङ शेर्पा
- ईलामको चुलाचुली १ बस्ने बर्ष ५० को अंचल लावती
- खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने बर्ष २८ वर्षिय रेखा राई, उनका छोरा ४ वर्षिय रोमन राई र ७ महिनाको रोहन राई
- झापाको दमक नगरपालिका १० बस्ने ६ वर्षिय ऐलिजा न्यौपाने
- सुनसरीको इटहरी बस्दै आएका ३५ वर्षिय सागर थापा
- ओखलढुंगा मोलुङ गाउँपालिका–७ पात्ले बस्ने ४० वर्षीया खपुटी शेर्पा र उनकी छोरी १२ बर्षीया याङजी शेर्पा
- भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राई र १५ बर्षिय सक्तीकुमार राई
- झापा शिवसताक्षी नगरपालिका–५ सालमाराका ९ बर्षीय सौगात चापागाई
६ जना बेपत्ता
निरन्तरको वषापछि आएको बाढीले बगाउँदा मोरङमा तीन जना बेपत्ता भएका छन् । २५ गते देखि निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाउँदा मोरङमा तीन जना बेपत्ता भएका हुन् ।
शनिबार कटहरी गाउँपालिका ४ वस्ने ५० वर्षिय सोभा सोरेन र जहदा गाउँपालिका ५ वस्ने बस्ने १६ को आदर्श पोदार बेपत्ता भएका हुन् । त्यस्तै शुक्रबार पाँचथर, झापा, सुनसरी र माेरङमा एक एक जना बेपत्ता भएका थिए
बेपत्ताकाे नामावली
- मोरङ कटहरी गाउँपालिका ४ वस्ने ५० वर्षिय सोभा सोरेन
- मोरङ जहदा गाउँपालिका ५ वस्ने बस्ने १६ को आदर्श पोदार, कानेपोखरी गाउँपालिका २ बाट पहिचान नखुलेका एक जना बेपत्ता
- पाँचथर २७ गते मिक्लाजुङ गाउँपालिका ४ बस्ने बर्ष ९ को दिवन राई
- झापा २७ गते भद्रपुर नगरपालिका ९ बस्ने बर्ष ४५ को सफल हज्दा
- सुनसरी २६ बराहाक्षेत्र १ बस्ने बर्ष १० को अर्पन राई