fbpx

मुख्यमन्त्री कप: सैनिक र धरान एफसी विजयी

सुनसरी ।

सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा धरान एफसी र झापाको सैनिक युथ क्लब विजयी हुदै फाइनल चरणमा पुगेका छन् ।

धरानको विपि कोइराला प्रतिष्ठानको फुटबल मैदानमा शुक्रबारको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ ले हरायो । अर्को खेलमा सैनिक युथले खोटाङको वाक्सिला एफसीलाई ६–३ ले पराजित गरेको हो ।

धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राईले गोल गरे । धरानले अर्को खेलमा बेलबारी फुटबल क्लव,मोरङसंग भिड्ने छ ।

दोश्रो खेलमा जित निकालेको झापाकालागि विकेश गुप्ताले ४, सौरब लिम्बु र मिलन राईले एक १ गोल गरे । अब झापाले इलामो रेडहर्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरण पार गरी आएका ६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गरेपछि फाइनल हुनेछ । मुख्यमन्त्रीको विजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

3 × three =

Loading...