fbpx

‘विप्लव’का सर्लाही इन्चार्ज कुमार पौडेललाई षड्यन्त्रपुर्वक मारिएको श्रीमतीको आरोप

काठमाडौं ।

प्रहरीले दोहोरो भीडन्तमा मारिएका भनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।

शक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको उमा षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो । गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ ।

घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुडभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए । उनले दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए ।

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । उनको आक्रोस छ । त्यस्तै, उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिती गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे ।

परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासंग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ ।

सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्मपनि नबोलाएको पनि उनले जनाए । ‘मुद्दा तामिलिमा छ, अहिलेसम्म कुनै टुँगो लागेकोे छैन ।’–उनले जनाए । परियोजनासंग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेलेनै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ ।

त्यस्तै कार्यक्रममा बोल्दै मृतकप पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्,‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ ।

Loading...