fbpx

शुक्रबारकाे बाढीले डुबाएकाे विराटनगर (फाेटाे फिचार)

विराटनगर । लगातारकाे वर्षापछि आएकाे बाढीले विराटनगरका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । सिंघिया र केसलिया खाेलामा आएकाे बाढीका कारण नदी किनारका बस्तीहरू डुबानमा परेका हुन् । बस्ती डुबानमा परेपछि विस्थापित भएकाहरू केही सार्वजनिक विद्यालय, सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन् भने  केही आफन्तकाेमा बसीरहेका छन् ।

अविरल वर्षापछि आएको बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार  ४७० घरमा बाढी पस्दा एक हजार ९ सय ५० मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगरका बासिन्दा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ८ मा ५० परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगर ७ मा १३ परिवार विस्थापित भएका छन् । विराटनगर १ को विजयपुर सुकुम्बासी बस्तीमा २५ घर,हनुमान मन्दिर छेउ सुकुम्बासी बस्तीका २० परिवार र जिल्ला प्रहरी कार्यालय पछाडी रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगर– २ को मुसहर बस्तीका २० परिवार, विराटनगर ४ को बरौलीका ७ परिवार, विराटनगर १५ का पारिजात र सुमहर टोलका ५० परिवार, विराटनगर ७ हरियाली टोलका ५० परिवार बाढीका कारण विस्थापित भएका छन् ।

विराटनगर–१२ धुधुवा, बखरी र ऋसिदेव बस्तीका ३५ परिवार, विराटनगर १९ का २० परिवार बिस्थापित भएका छन् । त्यस्तै कटहरी ४ नयाँ बजार सुकुम्बासी बस्तीका १२५ परिवार बाढीका कारण विस्थापित भएका छन् ।

सिंघिया खोलाको बाध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका १ धुनिटोलका ४० परिवार बिस्थापित भएका छन् । डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन् ।

प्रतिक्रिया

4 × 3 =

Loading...