fbpx

घर पुरिदाँ खोटाङमा तीन जनाको मृत्यु

विराटनगर ।

लगातारको वर्षाले पहिरो जाँदा पुरीएर मृत्यु हुनेको संख्या खोटाङमा मात्रै तीन पुगेको छ । खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखामा पहिरो जाँदा विष्णु राईका श्रीमती रेखा र छोराहरु रोमन र रोहनको मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।

पहिरोमा विष्णु राई घाइते भएका छन्। उनलाई स्थानीयले बिहान उद्धार गरेका हुन्। अन्यको दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घरमाथि सडक निर्माण भइरहेको र त्यहीबाट पहिरो खसेर घर पुरेको हो। स्थानीय र प्रहरीले पुरिएको घर पन्छाएर शव निकालेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले जानकारी दिए।

Loading...