fbpx

खोटाङमा पहिराेले घर पुर्याे, एकै परिवारका तीनजना बेपत्ता

विराटनगर । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । शुक्रवार बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा बिष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । पहिराेमा पुरिएका राईलाई  स्थानीयले उद्दार गरेका  छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा पहिराेमा राईकी श्रीमती २८ वर्षिय रेखा राई ४ वर्षिय छोरा रोमन र ७ महिनाका छोरा रोहन राई बेपत्ता भएका हुन् ।

स्थानीय र प्रहरीको उपस्थीतिमा खोजी कार्य जारी भएपनि भेटिएको छैन् । घाइते अवस्थामा उद्दार गरिएका विष्णुको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Loading...