fbpx

बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित, एक वेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका विभिन्न स्थानमा रहेका खोलाहरुमा आएको बाढीका कारण ४७० परिवार विस्थापित भएका हुन् ।

विस्थापित हुने परिवारमा आश्रिमव्यक्तिको संख्या भने एक हजार ९ सय ५० छ । विस्थापित हुनेमा अधिकांश विराटनगरका बासिन्दा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ८ मा ५० परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगर ७ मा १३ परिवार विस्थापित भएका छन् । विराटनगर १ को विजयपुर सुकुम्बासी बस्तीमा २५ घर,हनुमान मन्दिर छेउ सुकुम्बासी बस्तीका २० परिवार र जिल्ला प्रहरी कार्यालय पछाडी रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् ।

त्यस्तै विराटनगर– २ को मुसहर बस्तीका २० परिवार, विराटनगर ४ को बरौलीका ७ परिवार, विराटनगर १५ का पारिजात र सुमहर टोलका ५० परिवार, विराटनगर ७ हरियाली टोलका ५० परिवार बाढीका कारण विस्थापित भएका छन् ।

विराटनगर–१२ धुधुवा, बखरी र ऋसिदेव बस्तीका ३५ परिवार, विराटनगर १९ का २० परिवार बिस्थापित भएका छन् । त्यस्तै कटहरी ४ नया“ बजार सुकुम्बासी बस्तीका १२५ परिवार बाढीका कारण विस्थापित भएका छन् ।

सिंघिया खोलाको बाध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका १ धुनिटोलका ४० परिवार बिस्थापित भएका छन् । डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन् ।

बाढीका कारण मोरङको कानेपोखी गाउँपालिका –२ गेउरिया खोलाले एक जनालाई बगाएको छ । बगाएको व्यक्तिको परिचय नखुलेको जिल्लला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

संघिया, केसलियालगायत खाेलामा अाएकाे बाढीका कारण विराटनगर, बुढीगंगा, कटहरी, जहदा गाउँपालिका लगायतका स्थानमा बढी प्रभावित भएकाे माेरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार विस्थापित भएकाहरूलाइ  सम्बन्धित स्थानीय तहकाे विदप व्यवस्थापन समितिले राहत सहयाेग  गरेका छन् ।

प्रतिक्रिया

Loading...