fbpx

एकसाथ कलाकारको रूपमा देखिँदै रोनाल्डो र नेयमार

एजेन्सी,
विश्वका उत्कृष्ट खेलाडीद्वय क्रिष्टियानो रोनाल्डो र नेयमार ‘कलाकार’को रूपमा एक साथ देखिने भएका छन् । खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दुई खेलाडीलाई एउटा विज्ञापनमा कलाकारको रूपमा देख्न पाइने भएको हो ।

रोनाल्डो हाल इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका छन् भने नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेलिरहेका छन् । यद्यपि, सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी गएका उनी पुनः बार्सिलोना फर्कँने योजनामा छन् ।

उनै नेयमार र रोनाल्डोलाई फिचर गरेर एक विज्ञापन निर्माण गरिनेभएको छ । विज्ञापनको केही अंक भने सार्वजनिक पनि भइसकेको छ । तर, पूर्ण भाग भने केही समयमा सार्वजनिक गरिने बताइएको छ । यस कुराको पुष्टि रोनाल्डोका मिल्ने साथी रिकार्डो रिफ्यूजीले सार्वजनिक गरेका छन् ।

गत बुधबार उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सार्वजनिक गर्दै यस कुराको खुलासा गरेका हुन् । रिकार्डोले दुवै खेलाडीलाई विश्वस्तरीय अभिनेता भएको बताउँदै लेखेका छन्, ‘जब एक साथ दुई विश्वस्तरीय अभिनेता मिल्दछन् भने परिणाम यत्ति मिठासिलो हुन्छ । के यी दुई अभिनेता होइनन् र ?? हुनसक्छन् ।’

प्रतिक्रिया

Loading...