fbpx

विराटनगरको रामपुर पनि डुबानमा

विराटनगर,
केही दिनदेखि लगातार आएको अबिरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन् । विराटनगर महानगरपालिका–१ सुकुम्बासी बस्तीसँगै विराटनगर–६ रामपुर पनि डुबानमा परेको छ ।

विराटनगरको बीचै–बीच भएर बग्ने केसलिया खोला बाढीका कारण रामपुरतिर पसेपछि रामपुरको मंगलुबाबा टोल पूरै डुबानमा परेको हो । विराटनगर एयरपोर्टतिरबाट बग्ने धुधुवा खोला र केसलिया खोला मिसिएर आएको बाढीका कारण मंगलुबाबा टोलको पश्चिम भेग डुबानमा परेको हो ।

अहिले उक्त स्थानका केही घरहरू डुबानमा परेका छन् भने केही घरभित्र पानी पसेको छ । यद्यपि, स्थानीय भने आफ्नो घरमा रहेका सामाग्रीहरुसहित सुरक्षित स्थानमा सरेका छन् । बाढीका कारण कुनै मानवीय क्षति भने भएको छैन ।

Loading...