fbpx

इनरुवामा सयभन्दा बढी घर डुबानमा

सुनसरी,
केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण इनरुवामा सयभन्दा बढी घर डुबानमा परेका छन् । लगातारको वर्षाका कारण दपिक्षा खोलामा आएको बाढीले १०० वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

उक्त कार्यालयका अनुसार इनरुवा ८ को गैडाटोलका १० वटा घरम पनि सुनसरी खोलाको पानी पसेको छ । बाढी पीडितको तत्काल विस्थापित हुने अवस्था नरहेता पनि वडा कार्यालयले सोही ठाउँस्थितमा रहेको विद्यालयहरुमा बस्ने व्यवस्था मिलाएको छ ।

यसैगरी उद्दार तथा राहतको लागि नगरपालिकाको कार्यालय र वडा कार्यालय तथा अन्य निकायहरुसंग समन्वय गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

6 + 12 =

Loading...