fbpx

रियल मड्रिडका बेल चिनियाँ क्लब जानसक्ने

एजेन्सी,
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि ग्यारेथ बेललाई उनको भूमिका निभाउनसक्ने खेलाडी मानिएको थियो । तर, त्यसबीचमा जिनेदिन जिदानको क्लबमा आगमन भएपछि उनी प्रायः खेलमा बेन्चमै सीमित बन्नु परेको छ ।

रियलमा भविष्य संकटमा देखिएपछि २९ वर्षीय बेलले चाइनिज सुपर लिग खेल्न जाने संकेत देखाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बेललाई चिनियाँ क्लबबाट आकर्षक प्रस्ताब आएका कारण उनी त्यता लाग्न सक्ने बताएका छन् ।

खबरका अनुसार पछिल्लो समय उनी एक चाइनिज क्लबसँग जोडिएका छन् । तर, उक्त क्लबको नाम भने खुलाइएको छैन । उनलाई एक क्लबले आकर्षक पारिश्रमिकसहितको प्रस्ताव गरेको छ । रियल मड्रिडले दिएको तलबभन्दा दोब्बर तलब दिने भन्दै सो क्लबले बेललाई लोभ्याएको बताइएको छ ।

अहिले बेलले रियलमा ६ लाख पाउण्ड प्रतिसाता कमाउँछन् । तर, चाइनिज क्लबले उनलाई प्रतिसाता १२ लाख पाउण्डको आकर्षक पारिश्रमिकसहितको प्रस्ताव गरेको मार्काले लेखेको छ । यदि, उनले यो प्रस्ताव स्वीकारेमा उनले प्रतिवर्ष ६२.४ मिलियन पाउण्ड कमाउने छन् ।

प्रतिक्रिया

3 × 5 =

Loading...