fbpx

खोलाले बगाएर एक विद्यार्थी बेपत्ता

पाँचथर,
पाँचथरमा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता भएका छन् । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए । रासस

प्रतिक्रिया

1 × one =

Loading...