fbpx

‘फोर्ब्स’ले सार्वजनिक गरेको ‘महंगा सेलिब्रेटी’को सूचीमा रोनाल्डो र नेयमारभन्दा मेस्सी अगाडि

एजेन्सी
अमेरिकन बिजनेस म्यागाजिन ‘फोर्ब्स’ले सार्वजनिक गरेको सर्वाधिक महंगा सेलिब्रेटीहरूसको सूचीमा तीन जना फुटबल खेलाडीहरू परेका छन् । उसले ९ जुलाई अर्थात् गत मंगलबार सार्वजनिक गरेको उक्त सूचीमा चर्चित खेलाडीहरू लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार परेका हुन् ।

फोर्ब्सले १०० जना सेलिब्रेटीको सूची सावर्जनिक गर्दा उक्त सूचीमध्ये टप–१० मा ४ जना खेलकुद विधाबाट परेका थिए । जसमध्ये एक जना बक्सर खेलाडी छन् भने अरु तीन जना फुटबलर हुन् ।

विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीको सूचीअन्तर्गत खेल बिधामा लियोनल मेस्सी शीर्ष स्थानमा छन् तर समग्रमा मेस्सी चौथो स्थानमा छन् । मेस्सीको कूल आम्दानी १ सय २७ मिलियन अमेरिकन डलर रहेको छ । यस्तै मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो भने खेल बिधाअन्तर्गत दोस्रोमा छन् भने समग्रमा छैटौं स्थानमा छन् ।

इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोको कमाइ १ सय ९ मिलियन डलर रहेको छ । रोनाल्डोभन्दा पछि ब्राजिलियन स्टार खेलाडी नेयमार छन् । नेयमार खेलतर्फ तेस्रो तथा समग्रमा सातौं स्थानमा छन् भने १०औं स्थानमा मेक्सिकोका बक्सर कानेलो छन् । नेयमारको कमाइ १ सय ५ मिलियन डलर हुँदा कानेलोको ९४ मिलियन डलर छ ।

यस्तो छ टप–१० सेलिब्रेटीको सूचीः

dd

Loading...