fbpx

सार्वजनिक कार्यक्रमस्थलमै लालबाबु पण्डितमाथि दुर्व्यवहार (भिडियोसहित)

काठमाडौं,
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि सार्वजनिक कार्यक्रमस्थलमै दुर्व्यवहार भएको छ । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रममा आदिवासी जनजाति युवा विद्यार्थीले मन्त्री पण्डितमाथि दुर्व्यवहार गरेका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्न ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डित दुर्व्यवहारपछि बैठक छोडर निस्किएका थिए । उक्त कार्यक्रममा पसेका विद्यार्थीको समूहले मन्त्री पण्डितलाई कालोझण्डा देखाउँदै नारा लगाएको थियो ।

लोकसेवा आयोगको विज्ञापनलाई लिएर मन्त्री पण्डितमाथि दुर्व्यवहार गरिएको बताइएको छ । विद्यार्थीहरूले लोकसेवाको विज्ञापन खारेज गर, लालबाबु पण्डित राजीनामा देलगायतका नारा लगाएका थिए ।

Posted by Gobinda Chhantyal on Thursday, July 11, 2019

Posted by Gobinda Chhantyal on Thursday, July 11, 2019

Loading...